भक्तपुर ११, चैत । नेकपा एमालेका पोलिटव्यरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अहिलेको गठबन्धन भनेको माओवादि र समाजवादी बाट एमाले प्रवेस गर्न चाहानेहरुलाई रोक्ने अभियान भएको बताउनु भएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्यविनायक ८ नं वडा कमिटी द्वारा आयोजित पार्टी कार्यालय उद्घाटन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता बस्नेतले देश ब्यापी नेकपा (एमाले) मा प्रवेस लहर चलेको छ, त्यो लहरले एमाले धेरै बलियो भएको छ, अव नेकपा (एमाले) प्रवेसको लहरलाई ब्यापक बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो “चाहे कम्यूनिष्ट आन्दोलनमा लागेका सथिहरु, चाहे जनवादि, चाहे राष्द्रवादि, चाहे प्रगतिसील साथिहरु तपाईहरुले अव कम्युनिष्ट आन्दोलन बचाउने भनेको नेकपा (एमाले)मा प्रवेश गरेरहो गठबन्धनमा बसेर होइन, यो गठबन्धन भनेको माओबादि बाट नेकपा एमालेमा प्रवेस गर्न चाहानेहरुलाई रोक्ने अभियान हो, अव प्रचण्ड र माधव नेपालको पार्टिलाई रिक्ताउने हो, सेना विहिन सेनापति बनाउने हो । आफुलाई विपक्षी भन्ने साथिहरु सुद्रिनुहोस, मैका आउछ पर्खदैन, एमाले प्रवेस गर्नुहोस ।”