‘नेपालको राजनीतिक तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो भयो’ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४ मंसिरको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको बताएका हुन् ।

थापाले भने, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयो । कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीले कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई आइतबार झुकाउनु भयो फलानोले सोमबार  झुकाउनुभएको थियो ।  अर्कोले ठहरै पार्नुभयो । तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो । अहिले तपाईँहरू सबैको मनमा के छ ? अस्ति सरकारलाई भोट किन हालेको होला । यो कुरा कसको मनमा छैन अहिले ।’

उनले देशका तीन पूर्वप्रधानमन्त्रीहरुले सत्ता प्राप्तिका लागि जुनसुकै सम्झौता गर्न तयार भएको टिप्पनी गरेका छन् । तीन भूतपूर्व प्रधानमन्त्रीहरूको अखडाभित्र कसले कसलाई छक्क्याउने, कसले कसलाई ढाल्ने एउटा क्लब  र अखडा  जस्तै भएको बताएका छन् ।  पूर्व प्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आवश्यक रहेको महामन्त्री थापाको भनाई थियो ।

Reporter