बिग ब्रदर युकेमा अब्दु

मुम्बई, ११ माघ । हिन्दीमा भनाई छ–ऊपर वाला जब देता है तो छप्परफाड कर देता हे । आफ्नो क्युट हँसाइ र प्रफुल्लताले करोडौं मानिसको मन जितेका अब्दु रोजिकले गरिबीमा जीवन बिताए । सडकमा गीत गाएर पैसा उठाए । तर, उनको प्रतिभा नै थियो र भाग्य बदलियो । आफ्नो मिहेनतका कारण उनी इन्टरनेसनल स्टार बने ।

तजाकिस्तानका अब्दु ‘बिग बोस १६’को हिस्सा बने र आम मानिसको रोजाइमा परे । उनको लोकप्रियताको सिलसिला अझै रोकिएको छैन । उनलाई ‘बिग ब्रदर युके’बाट सहभागिताका लागि प्रस्ताव आएको छ ।

उनलाई यो शोको नयाँ सिजनका लागि अफर आएको हो । उनले त्यो प्रस्तावलाई स्वीकारेका छन् । उनी जुन या जुलाईसम्म यो शोको हिस्सा हुनका लागि जानेछन् । यसपटक ‘बिग ब्रदर युके’ पाँच वर्षपछि रिबूट सिक्वेन्सका साथ फर्कँदै छ ।

अब्दू अहिले ‘बिग बोस’को हिस्सा छैनन् । उनको ‘बिग बोस’ यात्रा पुरा भइसकेको छ । साजिद खान, एमसी स्टेन, सुम्बुल तौकिर खान, निम्रत र आहलुवालिया, शिव ठाकरेसँग अब्दूको बण्डिङ निकै रुचाइयो ।

nepal one