‘मुलुकको शिक्षा जटिल अवस्थामा छ, नयाँ विज्ञानलाई आत्मसाथ गर्दै लग्नुपर्छ’ : शिक्षामन्त्री खनाल

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पुरानो विज्ञानलाई जोगाउँदै नयाँ विज्ञानलाई आत्मसाथ गर्दै लग्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा काठमाडौंको तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दे उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्ने पुरानो विज्ञानलाई जोगाउँदै नयाँ विज्ञानलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताएका हुन् ।

उनले भने, ‘मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।’ उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४र५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।

शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने समेत उनले बताएका छन् । नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए ।

Reporter