रिबन काण्डबारे तोसिमाको प्रष्टीकरण : ‘कुरै नबुझी सबैजना रिबनको पछि दौडिनुभयो’

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीले क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा नआएर रिबनका पछि दौडिएको प्रति टिप्पणी गरेकी छन् ।

शुक्रबार एक कार्यक्रममा मन्त्री कार्कीले भन्निन् ‘क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा आएन । त्यो कुरा चाहीँ जनताले थाहा पाउनुपथ्र्यो नि होइन ?  तर, सबैजना रिबनका पछि दौडिनुभयो । यदि तपाईंहरुले सही र सत्य सूचना प्रवाह गर्नुभयो भने मात्रै हामीले चाहेकोजस्तो सुशासन आउनेछ । डा। कार्कीले थपिन्, ‘उद्घाटन गर्ने मौका पाएकोमा म खुसी छु । यसलाई के कसरी साथीहरूले व्याख्या गर्नुभयो, उहाँहरूकै विवेकलाई छोडिदिएँ । म त्यहाँ नपुग्नुपर्थ्यो कि रिबन नकाट्नुपर्थ्यो कि रु के भन्न खोजिएको हो बुझ्न सकेकी छैन ।’

उनले क्याथल्यावजस्तो राम्रो कुराको उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त समेत गरिकि छन् । उनले वीर अस्पतालमा पहिलोपटक स्थापना भएको मुटुरोगसम्बन्धी क्याथल्याब उद्घाटन कार्यक्रममा आफू स्वास्थ्यमन्त्रीसँगै पुगेको बताइन् । अस्पतालबाट स्वास्थ्यमन्त्री र राज्यमन्त्री दुवैलाई आमन्त्रण आएको तथा कार्यक्रमको महत्व हेरेर दुवैजना गएको उनको भनाइ छ ।

डा. कार्कीका अनुसार दुवै मन्त्रीलाई रिबन काट्न लगाएर क्याथल्याव उद्घाटन गराउने पहिल्यै तयारी गरिएको थियो । दुवैजनालाई कैँची दिएपछि कार्यक्रमको सम्मानका लागि थप नसोची रिबन काटेको उनले बताइन् ।

चिकित्सा शिक्षा सुधारका लागि मेडिकल कलेजहरुको विषयलाई गम्भीरताका साथ अध्ययन गरी सञ्चालन अनुमति दिइनुपर्ने उनको भनाइ छ । उनले भनिन् , ‘चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले राख्नुभएका जायज मागहरुलाई पहिले सडकबाट उठाउथेँ, अब सदनमा पनि उठाउनेछु । ‘

Reporter