राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

काठमाडौं / राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।

उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय संसद  सचिवालयका महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् ।

निर्देशनसँगै चुनावी तालिका पनि सार्वजनिक गरिएकाे छ । योसँगै अब २१ फागुन २०७८ देखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्षको पदपूर्ति हुने भएको छ ।

Reporter