नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानसहित सांसद पद खारेज

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानसहित सांसद पद खारेज

काठमाडौं ।  सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । सर्वोच्च अदालतले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको फैसला गरेसंगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो ।

त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछि उनी दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

nepalone