एनआरएनए : अध्यक्ष कुँवरले बाजी मारेको अवस्था

काठमाण्डौ/कृष्ण के सी – पछिल्लो अवस्था र घटना क्रम – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन तथा विश्व सम्मेलन मार्च २२ देखि २५ सम्म काठमाण्डौको होटल याक एण्ड यतिमा बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। महाधिनले बृहत्तर छलफल पछि बिधान संसोधन समेत गरेको छ।

परंपरा देखि चल्दै आएको एनआरएनए गल्फ प्रतियोगिता गोकर्णको गल्फ भिलेज रिसोर्टमा सम्पन्न भयो।

सोहि दिन दिउँसो आयोजित एनआरएनए योजना तथा अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ। सोहि समयमा अध्यक्ष कुँवरको टिमले आगामी १८ महिनाको लागि कामको खाका तयार परेको छ। निश्चित रुपमा एनआरएनएको इतिहासमा यो पहिलो योजना छलफल हो।

अध्यक्ष कुँवरले अफिसका प्रमुख कार्यकारी अधिकृतलाइ इमेल लेखेर अफिस सेटअप गर्न निर्देशन दिएका छन्। टिमले यसै हप्ता १० भन्दा धेरै काम सम्पन्न गर्ने भएको छ।

१५ भन्दा धेरे एनसीसीहरुले अध्यक्ष कुँवरको नेतृत्वलाइ शुभकामना दिएका छन्। आज मात्र साइप्रस, साउदी अरबीया, बहराइन र मिध्येपूर्वका धेरै एनसीसीहरुसँग कुरा भएको जानकारी अध्यक्ष कुँवरले दिए।

बहुत हल्ला गरिएको राष्ट्रपतिद्वारा उद्घाटन भनिएको बेइमान र कुपात्रहरुको सड्यन्त्र मार्च २७ मा पुग्दा डरलाग्दो रुपमा भयाबहमा टुंगिने भएको छ। बिहान १०:०० बजे नै उद्घाटन भनियो तर राष्ट्रपति र प्रधानमन्त्री दिनको २:०० सम्म पनि आएका छैनन भन्ने कुरा फेसबुकतिर देखियो।

भनिएको संझौताको नेतृत्वले सौतेला उम्मेदवार बन्न पुगेकाहरुलाइ जिल्लाराम हुने कुरा सुनिन्छ। कारण, उनीहरुले पहिला नै मनोनयन दर्ता सम्पन्न गरेका छन। नयाँ मनोनयन दर्ता सौतेला उम्मेदवारलाइ मात्र खोल्न मिल्दैन। खोलेपछि सबैलाई खोल्नुपर्छ। साइले मनोनयन दर्ता गर्दा मतदान हुन्छ। मतदान अनलाइनबाट त्यहि स्मार्टवालाबाट हन्छ। त्यसको नतिजा सौतेला र झड्केला उम्मेदवारलाइ जिल्लाराम हो। बेथा नै त्यहिँ छ। सुनिए अनुसार अध्यक्षमा नै ५ र महासचिवमा ७ भन्दा धेरै उम्मेदवारहरु हुने भएका छन्।

पहिलो पटक उठेको कानुनि हैसियत भनि बहुप्रचारित प्लस प्रचार गृहको प्रश्नमा एनआरएनए अध्यक्ष कुँवरले बाजी मरिसकेका छन। हामीले हेरिसक्यौं चाहिनेले आफैं प्रमाण खोज्न गए हुन्छ। राष्ट्रपति र प्रधानमन्त्रीले उद्घाटनमा आउन ढिला गर्नु त्यसैको जवाफ हो, आश्चर्य होइन।

समस्याको जड र हुनेवाला कुरा – एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो (२०१३ देखि उनको एनआरएनको स्टाटस समाप्त भएको), पूर्व अध्यक्ष जिबा लामिछाने र टुकडीको जसरी पनि आफूले भनेका व्यक्ति मात्र जिताउने योजनामा नै यो सबै समस्याको जड हो।

यसका लागि उनीहरुले एमआइएस र स्मार्ट भनेर कब्जाको बिधि प्रयोग गरे।ती सबैबाट पनि असफल भएपछि उनीहरुले पोलिटिकल पावर ब्रोकरहरुको प्रयोग गरे। कुल आचार्यलाइ सौतेला उम्मेदवार बनाए अन्यथा उनीहरुले एकल रुपमा डा बद्रि के सीलाइ नै उठाएका हुन्।

अब बैधानिक संकट र कानुनि असमान्जस्यताले गर्दा उनीहरुले पहिलाकै उम्मेदवारहरुलाइ मात्र मानेर अनलाइन भोट गर्ने भएका छन्। अनि कुल आचार्यको डुङ्गा छुट्ने प्रवल संभावना बढेर गएको छ।

केहि खेतालाकार र ज्यलाकारले भनेको जस्तो स्थिति पटक्कै होइन। कानुन, स्थिति र धरातलमा गएर हेर्दा भनिएको महाधिवेशनमा तुसारापात हुने देखिन्छ।

मन्त्रालयको पत्र र महाधिवेशन सम्पन्न भएको कुरा – एनआरएनए दर्ता भएको ठाउँ नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नै विषम परिस्थति भएकाले संघका प्रमुख संरक्षकलाइ संघको महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न जिम्मेवारी दिएको थियो र हो।

त्यो मन्त्रालयले दिएको जिम्मेवारीको काम तत्कालिन प्रमुख संरक्षक डा शेष घलेले मार्च २२-२५ सम्म आयोजित् १० औं महाधिवेशनबाट पुरा गरेका छन्।

बिचमा मन्त्रालयले अध्यक्ष कुमर पन्तलाइ दुइ होइन एक महाधिवेशन उद्येश्य मुलक रुपमा गर्नु भनेर प्रमुख संरक्षक शेष घलेलाइ बोधार्थ दिएको छ। त्यसको मतलब मार्च २२ देखि २४ सम्मको महाधिवेशन नै आधिकारिक लक्षित हो।अब बिनोद कुँवरको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ। टिमले काम गर्न थालेका छन्।

एनसीसी अध्यक्षहरुको बक्तब्य नै ब्याक फायर – प्रमुख संरक्षकद्वारा नै महाधिवेशन सम्पन्न गरिदिनको लागि एनसीसी अध्यक्षहरुले आफैं २ वटा विश्वो भेला र पछिल्लो पटक प्रमुख संरक्षकले बोलाएको भेलाबाट उनीहरुले अनुरोध नै गरेका हुन्। त्यसलाई उनीहरुले टुंगोमा मात्र पुर्याएनन मार्च २२ र २३ मा महाधिवेशनमा आफैं उपस्थित भएर नै उद्घाटन सत्र देखि अन्य शेशनमा बसेर सहभागी गरे-गराएका हुन्।

तर एक्कासी नेपालका पोलिटिकल पावर ब्रोकरहरुको नाटक मन्चनसंगै उनीहरुमध्ये केहिले बाटो फेरेर बक्तब्य नै दिए। त्यो बक्तब्यमा अनुरोध फिर्ता लिएको भन्ने नाटक गरिएको छ। पहिलो कुरा त त्यो अनुरोध तत्कालको लागि दिएको हो जुन काम सम्पन्न भएको छ। अब अर्को बक्तव्यले आउने दिनमा महादिवेशन गर्दा नदिने भन्ने हो। त्यो चाहिं अन्यत्र गरिने महाधिवेशन हो जुन आजतिर भजाइएको छ। अनि त्यहाँ प्रमुख संरक्षक (निवर्तमान) छैनन।

त्यो बक्तब्य प्रति धेरै एनसीसी अध्यक्षहरुको विमति रहेको छ। एनसीसी भित्रैबाट ब्यापक ब्याक फायर भएको छ।

nepal one