आफ्नो सांसद पक्राउ परेपछि रन्जिताकाे घुर्की : सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ

आफ्नो सांसद पक्राउ परेपछि रन्जिताकाे घुर्की : सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ

काठमाडौँ / नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेसँगै अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले थारूहरूलाई मात्र अपराधी देखेको भन्दै आक्रोश पोख्नुभएको छ । फरार प्रतिवादीको सूचीमा रहेका चौधरी पक्राउ परेसँगै उहाँले सरकारले थारुहरुलाई मात्र अपराधी देख्ने गरेको आरोप लगाउनुभयो ।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ,‘अपराधी थारूहरूलाई मात्र देख्‍ने सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ !’चौधरीलाई प्रहरीले बाँकेबाट बिहीबार पक्राउ गरेको छ । पक्राउ परेका चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

चौधरीलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार कैद सजाय भुक्तान नगरी फरार भएपछि चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Reporter