दीपेन्द्र एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली

काठमाडौं – नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली ब्याटर बनेका छन् ।
यसअघि नेपालबाट पूर्व कप्तान पारस खड्काले सन् २०१९ मा पारस खड्काले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एक सय १५ र रोहितकुमार पौडेलले शुक्रबार भएको पिएनजीविरुद्धको खेलमा एक सय २६ रन बनाएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्यु गिनी ९पिएनजी० विरुद्धको दोस्रो एकदिवसीय खेलमा दीपेन्द्रले एक सय ३६ बलमा ६ चौकासहित १०० रन पूरा गरे । एकदिवसीय क्रिकेटमा यो दीपेन्द्रको पहिलो शतक हो ।
यसअघि दीपेन्द्र र देव खनालले नेपालबाट कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । देव ७२ रनमा पभेलियन फर्किए ।
अहिले क्रिजमा दीपेन्द्रलाई २४ रन बनाएका भिम सार्कीले साथ दिइरहेका छन् । टस जितेर ब्याटिङमा आएको नेपालले हाल ४६।३ चार विकेट गुमाएर दुई सय ४२ रन बनाएको छ ।