चेम्बरद्धारा टर्कीका भूकम्प पीडितलाई राहत सहयोग, नेपालीहरुलाई उद्धार गर्न आग्रह

चेम्बरद्धारा टर्कीका भूकम्प पीडितलाई राहत सहयोग, नेपालीहरुलाई उद्धार गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टर्कीका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीको गएको महाभुकम्पका कारण प्रभाबित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लका अनुसार टर्कीका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका बस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरेको छ । चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक्ता अनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

Reporter