शून्य दशमलव नौ प्रतिशतले घट्यो हङकङको जनसङ्ख्या

शून्य दशमलव नौ प्रतिशतले घट्यो हङकङको जनसङ्ख्या

काठमाडौं । हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको जनसङ्ख्या सन् २०२२ मा जनसङ्ख्या घटेको हो ।

सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ । सन् २०२२ को अन्त्यमा यहाँको जनसङ्ख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण भएको थियो । त्यस वर्ष ३२ हजार पाँच सय शिशुको जन्म भयो भने ६२ हजार एक सय जनको मृत्यु भएको जनगणना विभागले बताएको छ । कोराना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ ।

यसैबीच,हङकङले चिनियाँ मुख्य भूमि र विश्वका अन्य देशबाट पर्यटक भित्र्याउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ । पाँच लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ ।

Reporter