एलन मस्कले गरे ट्वीटरको सीईओमा कुकुरलाई नियुक्त, भन्छन् -‘अन्य मानिसभन्दा स्टाईलिस् छ’

एलन मस्कले गरे ट्वीटरको सीईओमा कुकुरलाई नियुक्त, भन्छन् -‘अन्य मानिसभन्दा स्टाईलिस् छ’

काठमाडौं । एलन मस्कले ट्वीटरको सीईओमा कुकुरलाई नियुक्त गरेका छन् । केही समयअघि ट्वीटरको सीईओ पद छोड्न चाहेको अभिव्यक्ति दिएका मस्कले ट्वीटरमा कुकुरको फोटो सहितको ट्वीट गर्दै ट्वीटरको सीईओमा कुकुरलाई नियुक्त गरेको घोषणा गरेका हुन् ।

मस्कले आफ्नो घरपालुवा कुकुर फ्लोकी शिबा इनु कुकुरलाई सीईओ घोषणा गरेका हुन् । फ्लोकीलाई सीईओ घोषणा गर्दै मस्कले यो अरु मानिसहरुभन्दा राम्रो भएको बताएका छन् । त्यस्तै, मस्कले फ्लोकीको दोस्रो तस्विर सार्वजनिक गर्दै ट्वीटरको नयाँ सीईओ शिबा इनु नम्बरमा निकै राम्रो भएको बताएका छन् । ट्वीटरमै शिबा इनुको तेस्रो फोटो राख्दै मस्कले आफ्नो कुकर स्टाईलिस् भएको अभिव्यक्ति दिएका छन् ।

मस्कले ४४ अर्ब डलरमा ट्विटर सम्झौता गरेपछि तत्कालीन सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका थिए। ट्विटरका पूर्वसीईओमात्र नभई ट्विटरका कानुनी प्रमुख विजया गड्डे र सीएफओ नेल सेगललाई पनि कम्पनीले बाहिरको बाटो देखाएको थियो। दोस्रो तस्बिर खिच्दै मस्कले नम्बरमा निकै राम्रो भएको लेखेका छन् । तेस्रो तस्बिरमा मस्कले आफ्नो कुकुरको स्टाइल गरिएको फोटो राखेर प्रशंसा गरेका छन् ।

nepalone