कुमारी बैंकद्धारा संस्थापक बुढाथोकीको सेयर बिक्रिको घोषणा

कुमारी बैंकद्धारा संस्थापक बुढाथोकीको सेयर बिक्रिको घोषणा

काठमाडौं – कुमारी बैंकले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री घोषणा गरेको छ ।

सो बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी यसका लागि प्रमुख हकदारमा परेका छन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनु पर्नेछ । सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ । 
 

सुचना अनुसार उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ ।

nepalone