मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

सप्तरी २२ फागुन । एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाईदै आएको होली पर्व शुरू भएसंगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ।

जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ का ७० वर्षिय सुला रजकले बताए।

उनले भने,´श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत होलीको एक हप्ता अगाडी त्यो पनि ग्रामीण भेगमा कतै कतमात्रै गुन्जिने, सुनिने देखिने गरेको छ, पहिले बुवाको पालोमा गीत गाएरै फागु आएको महशुस  हुन्थ्यो , ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्योअहिले त्यसमा निकै कमि आएको छ ।’

‘जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब न्युन सुन्न नपाइने गरेको राजविराज नगरपालिका वडा नं १३ बिषहरियाका ७० वर्षिया किशुनदेव यादवले बताए।

उनले थपे,´पहिले पहिले त गाउँको कुनै निश्चित ठाउँमा गाउँका मानिसहरू एक ठाउँमा भेला भई अबेर रातिसम्म जोगीरा गाइन्थ्यो । गाउँका केटाकेटी ,महिला बृद्धबृद्धा र जोगीरा गाउँने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे।गाउँ नै आनन्दित हुन्थे तर अहिले त्यस्तो रौनक छैन’

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमि आएको यादवको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसंगै ज्येष्ठ नागरिकले पनि रमाईलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका २ का ६० वर्षिया सावित्री देवी देवले  बताईन् ।

होलीको अबसरमा गाईने जोगिरा मधेसको पहिचान र गौरव हो।यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्ने देवको भना छ । उनले थपे, ´ यसको संरक्षणमा युवावर्ग अगाडि आउन जरुरी छ।`

समाजिक सदभाव ,मेलमिलाप साथ सरस्वती पूजाको मूर्ति सेलाएसँगै ढोलको ताल संगै सुरुहुने हुने होली पर्व ! लार , परालको ठूलो झुप्रो बनाएर होलिका दहनको भोलिपल्ट माल पुवा ,पूरी खाएर रम्दै रंग ,अबिर एक आपसमा दल्दै खुसी उमंगले मधेसमा होली मनाईने प्रचलन रहेको छ।

nepal one