काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८ पैसा र बिक्री भने ८८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसामा कारोबार भइरहेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।
यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ।
मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २० पैसा र बिक्रीमा २९ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३९ पैसामा किनबेच भईरहेको छ।