काठमाडौँ – राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बोलाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने राप्रपाले जनाएको छ ।
बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने जनाइएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।