माओवादीधारका दलहरुको बैठक आगामी फागुन २६ गते पुनः बस्ने

माओवादीधारका दलहरुको बैठक आगामी फागुन २६ गते पुनः बस्ने

काठमाडौँ – माओवादीधारका दलहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । मंगलबार बसेको माओवादी धारका ८ दलको बैठकले आगामी फागुन २६ गते पुनः बैठक बस्ने निर्णय गरेको हो ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए ।

मंगलबार बसेको बैठकले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको एककजुट भएर प्रतिवाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न माओवादी धारका नेताहहरुको सरकारसँग मागसमेत गरेको छ ।

बैठकपछि विज्ञप्ति जारी गर्दै उनीहरुले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेको बताएका हुन् । साथै बैठकमा सहभागी नेताहरुले सबै माओवादीहरू मिल्नुपर्ने भन्दै आआफ्नो धारणा राखेको नेता बुढाले बताए ।

nepalone