मंगलबार सुनको मूल्य घट्यो, चाँदीको भाऊ कति ?

काठमाडौं / नेपाली बजारमा मंगलबार सुन प्रतितोलामा तीन सय रूपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । 


यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको । यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । 

संघका अनुसार मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ।  आइतबार १ हजार २७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ। 
 

Reporter