राष्टपति निर्वाचनमा नेमकिपाको भोट एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई : प्र‍ेम सुवाल

राष्टपति निर्वाचनमा नेमकिपाको भोट एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई : प्र‍ेम सुवाल

भक्तपुर / नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्टपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताएका छन् । यसका लागि राष्टपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उनले बताए । 

उनले राष्टपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए । दुवै राष्टपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले बताए ।

Reporter