मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

काठमाडौं / काठमाडौंको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडी सवार १ जना घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चागुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् । गम्भीर घाइते भएका उनको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हाे । 

 घाइते भएकी मोटरसाइकलमा पछाडी सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल साेमबार राति साढे १ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।    

Reporter