प्रचण्डलाई पक्राउकाे माग गर्दै काँग्रेस नेताले गरे सर्वोच्चमा रिट दायर

प्रचण्डलाई पक्राउकाे माग गर्दै काँग्रेस नेताले गरे सर्वोच्चमा रिट दायर

काठमाडाैँ / प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। प्रचण्ड विरूद्धको सर्वाेच्च अदालत पुग्नुभएका नेपाली कांग्रेसका नेता जितेन्द्र मोक्तान,ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले रिट दर्ता गर्नुभएकाे हाे । 

दर्ता भएको रिटको शुक्रबारलाई पेसी तोकिएको छ।

मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएकाे हाे ।

सर्वोच्च प्रशासनले प्रचण्ड विरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो। ​उहाँरूले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै रिट दिन लाग्नुभएको छ । ०७६ माघ १ गते प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने घोषणा गर्नुभएको थियो । 

Reporter