काठमाडाैँ – सिंहदरबारमा ८ दलको बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू बैठकमा सहभागि हुनेछन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध नेपाली कांग्रेसका नेता जितेन्द्र मोक्तान,ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले रिट दर्ता गर्नुभएकाे छ । दर्ता भएको रिटको शुक्रबारलाई पेसी तोकिएको छ।