काठमाडौं – लेखक तथा निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा बिहीबार १२ बजे निधन भएको निधन भएको हो ।
रुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशकीय यात्रा सुरू गरेका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ लगायतका फिल्ममानिर्देशन् गरे ।
चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए ।‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा हुन् ।