राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नेपाली क्रिकेट टोलीलाई सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नेपाली क्रिकेट टोलीलाई सम्मान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गर्नुभएको छ ।

शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताउनुभयो । सबै कुराको पूर्वाधारको कमी हुँदा पनि सफलता प्राप्त हुनु ठुलो कुरा भएको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको शान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । नेपालको जीतले सबै नेपाली गौरवान्तीत रहेको र राष्ट्रले खुसीयाली मनाएको उहाँको भनाइ छ । उहाँले विश्वमञ्चमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो । शुक्रबार नै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको थियो ।

nepalone