सिराहा छुवाछुत प्रकरण : जाहेरी दर्तागरी अनुसन्धान अगाडी बढाउन दलित आयोगको निर्देशन

सिराहा छुवाछुत प्रकरण : जाहेरी दर्तागरी अनुसन्धान अगाडी बढाउन दलित आयोगको निर्देशन

मुकेश कुमार यादब /सिरहा, ३ फागुन। सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा दलित समुदायमाथि भएको छुवाछुत घटनाको जाहेरी दर्तागरी अनुसन्धान अगाडी बढाउनको लागि राष्ट्रिय दलित आयोगले निर्देशन गरेको छ।

घटनाको सत्य तथ्य छानविनका लागी सिरहा आएका आयोगका सदस्य टुञ्जे बराईली नेतृत्वको टोलिले घटनास्थलमा दलितहरुसँग भेटघाट गरी सरकोकारवाला निकायलाइ पीडितको जाहेरी दर्तागरी अनुसन्धान प्रक्रिया अगाडी बढाउन निर्देनशन दिएको हो। 

आयोगको टोलिले भगवानपुर गाउँ पालिका अध्यक्ष उग्र नारायण यादव, जिल्ला प्रमुख अधिकारी भोजराज खतिवडा, जिल्ला प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बु, घटनाका पीडित दलित समूदाय, दलका दलित नेताहरुसँग भेटभाट र घटनाको विषयमा गहन छलफल  भएको आयोगका सदस्य बराईलीले जानकारी दिए। 

‘घटनाको विषयमा हाम्रो टोलिले अध्यन गरेको छ; आयोग सदस्य बराईलीले भने, ‘धेरै विषय पत्रपत्रिकामा पनि आएको र आयोगले यस अघिपनि विज्ञप्ती निकाली कार्वाहीको लागि सरकारलाई सिफारिस गरिसकेको  अवस्था छ।, अनुसन्धानको क्रममा आएको रिपोर्टको आधारमा आयोगले थप निर्णय लिन्छ।’

भोज स्थलमा व्यानर राखेर दलितमाथि विभेद गरेको भन्ने सवै सार्वजनिक भईसकेको अवस्था रहेको बताउँदै बराईलीले सिरहामै वसेर दुईदिन लगाएर आयोगले सवै कोणहरुबाट घटनाको अनुसन्धान गरेको छ, यसले बनाएको रिपोर्टको आधारमा आयोग अगाडी बढ्ने बताए।

उनले स्थानिय दलितहरुले दिएको उजुरी तत्काल दर्तागरी अनुसन्धान अगाडी बढाउन पनि प्रहरी प्रमुख लिम्वुलाई निर्देशन दिएको जनाए। 

गाउँ पालिका प्रमुख यादवको आमाको १३ औं दिनको अवसरमा आयोजित भोजमा दलित र  गैरदलितहरुलाई  व्यानर, प्ले कार्ड र माईकीङ नै गरेर छुट्टा छुट्टै राखेर भोज खुवाएको थियो। यसप्रति सिरहासहित देशैभरका दलित अधिकारकर्मी र संघ संगठनहरुले विरोध जनाउँदै आएको छ।
यता गाउ पालिका प्रमुख यादवले आफूले त्यस्तो गर्न कसैलाई नभएको र कसले के मनसायले राख्यो भन्ने कुरा आफूलाई जानकारी नभएको बताउँदै आएको छ। उनले आफूले पनि सामाजिक सञ्जाल र मिडियामार्फतमात्र थाहा पाएको बताउछन्। 

nepal one