छिट्टै हामी लोप हुनेछौ : प्रर्यटन मन्त्री किराँती

छिट्टै हामी लोप हुनेछौ : प्रर्यटन मन्त्री किराँती

काठमाडौं – नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन् ।मन्त्री किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन।’

उनले भने, ‘चाइनिज कल्चर सेन्टर छ नेपालमा। स्पेनिस कल्चर सेन्टर छ नेपालमा । रसियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा। तर नेपालको त केही पनि छैन। ऊसको चाहिँ यहाँ पनि छ। हाम्रो चाहिँ केही पनि छैन। संस्कृतिलाई रिसर्च गर्ने सेन्टरहरु खोइ? हामी लोप नभएर को लोप हुन्छ अब?’

nepalone