सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निधो गर्दै रास्वपा

सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निधो गर्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कायम राखेको विश्वासको मतबारे आइतबारको बैठकमा निर्णय लिने भएको छ । 
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले विश्वासको मत लिने भएपछि आइतबार बैठक बसेर यसबारे निर्णय गर्ने तयारी रास्वपाले गरेको हो । 

रास्वपा १० पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । तर सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर समर्थन फिर्ता लिएको थिएन । अहिले रास्वपाको प्रतिनिधिसभामा १९ सिट छ । 
राष्ट्रपति निर्वाचनमा धोका भएको भन्दै नेकपा एमाले समर्थन फिर्तासहित सरकारबाट बाहिरिएको थियो।

राप्रपाले पनि मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर रास्वपाले भने तत्काल सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिने बताएको थियो। उसले राष्ट्रपतिमा गठबन्धनकाउम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो । उपराष्ट्रपतिमा भने जनमतकी ममता झालाई मत दिएको थियो ।
रास्वपाले कस्तो निर्णय गर्ला चासोका साथ हेरिएको छ ।

nepalone