सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति

सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति

काठमाडौं – धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ ।

होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।
 

nepalone