मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आजअन्तिम दिन

काठमाडौं – मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले आज कार्यालय समय भित्र कम्पनीको आईपिओमा आवेदन दिन सक्नेछन । 

मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ ।

साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिभने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको थियो । 

यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको हो । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको हो ।

 रेटिङ एजेन्सी केयर नेपालले यस आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
 

nepalone