आमिरसँग सहकार्य चाहन्छिन् मिसेल

आमिरसँग सहकार्य चाहन्छिन् मिसेल

मुम्बई, ५ चैत । आफ्नो अभिनयले विश्वभरका दर्शकमाझ प्रभाव पार्न सफल कुनै अभिनेता या अभिनेत्री अर्को देशको कलाकारको फ्यान भए पनि त्यो भन्दा रोचक के हुन सक्ला ? सन् २०२३ को ओस्कार अवार्डमा ‘वेस्ट एक्ट्रेस’ अवार्ड विजेता अभिनेत्री मिशेल योह बलिउड अभिनेता आमिर खानको ठूलो फ्यान हुन् । उनले एक अन्तरवार्तामा बोलेको यो कुराको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’बाट ओस्कार जितेकी मिसेल आमिरसँग फिल्ममा काम पनि गर्न चाहन्छिन् । ‘मैले आमिर खानसँग काम गरेको छैन, तर हामी दुवै एनजिओको ब्राण्ड एम्बासेडर हौं । जसलाई लिभ टु लभ भनिन्छ । यो पर्यावारण बचाउनका लागि बनाइएको हो । म आमिरको कामको प्रशंसक हुँ । उनी एक अविश्वसनीय अभिनेता मात्र होइनन, एक खुला हृदयका मानिस पनि हुन् । आशा छ उनीसँग चाँडै सहकार्य हुनेछ’, मिसेलले भनेकी छन् ।

मिसेलले यसपटक ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिलाको इतिहास रचेकी छन् । उनले आमिरको फिल्म ‘३ इडियट्स’ मात्र हेरेकी छन् ।

nepal one