प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा लाओसमाथि नेपालको जित

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा लाओसमाथि नेपालको जित

काठमाडौं, ८ चैत – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।

खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३०औं मिनेटमा गोल गरेका हुन् भने खेलको ५६औं मिनेटमा नवयुगले गोल गरे । 

आजको जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । 

nepal one