जुवातास खेलेकाे आराेपमा दुई भारतीयसहित १६ जना पक्राउ

जुवातास खेलेकाे आराेपमा दुई भारतीयसहित १६ जना पक्राउ

भक्तपुर / भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली स्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेकाे आराेपमा पक्राउ परेका छन् ।उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका- ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ । थप् अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

nepalone