मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फाेटाे फिचर)

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फाेटाे फिचर)

काठमाडौं / महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । 

काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ  । 

उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो । 

‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । 


 

Reporter