मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा / धनुषाको मिथिला बिहारी नगरपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ती भने घाइते भएका छन् ।

धनुषाकै मिथिला बिहारी नगरपालिका- ६ सिरसियाका २१ वर्षीय विजयकुमार यादवको मृत्यु भएको हो । काव्य अस्पताल जनकपुरमा  उपचारको क्रममा विजयकुमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

घाइते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल  अनियन्त्रीत भई पल्टिएको थियो । 

Reporter