यस फिल्मका कारण मानसिक तनाव झेलेकी थिइन् दीपिका पादुकोणले
फिल्ममा आफ्नो भूमिकालाई वास्तविक देखाउनका लागि कलाकारले तमाम पापड बेल्नुपर्छ । शारीरिक रूपले भूमिकामा ढाल्नका लागि जिममा घण्टौं पसिना बगाउनुपर्छ । आवश्यकता परे तौल बढाउन पनि कञ्जुस्याइ गर्दैनन् । यो रह्यो शारीरिक बद्लावको कुरा ।
तर, कैयौं यस्ता कलाकार छन्, जसले कुनै पनि भूमिकाको लागि मानसिक बद्लावको पनि सामना गर्नु परेको छ । सुटिङका समयमा कैयौं भूमिका निभाउँदा निभाउँदै उनीहरू सोही चरित्रमा डुबिरहन्छन् । जसको कारण उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको छ । कैयौं पटक त उनीहरू मानसिक रुपले विक्षिप्त पनि हुन्छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जो चरित्र निभाइरहँदा मानसिक रुपमा विक्षिप्त पनि बने ।
सन् २०२० मा रिलिज फिल्म ‘छपाक’मा दीपिका पादुकोणले एसिड आक्रमणबाट पीडित महिला लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् । १५ वर्षको उमेरमा लक्ष्मीमाथि एसिड आक्रमण भएको हुन्छ । यो घटनापछि उनी एसिड बिक्री रोक्नका लागि लामो कानूनी लडाईँ लडेकी हुन्छिन् । फिल्ममा दीपिकाको अभिनयको सबैले प्रशंसा गरेका थिए । दीपिकाका अनुसार यो भूमिकाको प्रभावबाट बाहिर निस्कनलाई उनले यसमा प्रयोग गरिएको प्रोस्थेटिक्स नष्ट गर्नु परेको थियो ।