श्रममन्त्री बन्दै शरतसिंह भण्डारी,पञ्चायतदेखि गणतन्त्रसम्म आउँदा १६ औं पटक मन्त्री बन्दै

श्रममन्त्री बन्दै शरतसिंह भण्डारी,पञ्चायतदेखि गणतन्त्रसम्म आउँदा १६ औं पटक मन्त्री बन्दै

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने हुनुभएकाे छ। लोसपाले आफूले पाएको एउटा मन्त्रालय श्रम, रोजगारमा भण्डारीलाई पठाउने भएको हो। 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकमा लोसपालाई श्रम मन्त्रालय दिने टुंगो लागेको थियाे । उहाँ गत मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी २ बाट निर्वाचित हुनुभएकाे हाे । भण्डारी १६औं पटक मन्त्री बन्दै हुनुहुन्छ ।

पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म १५ पटक मन्त्री बनिसक्नुभएकाे छ । याे पटक मन्त्री बन्दा उहाँ १६ पटक बन्नुहुनेछ । 

nepalone