प्रचण्डलाई ओलीको सुझाव-भारत जाँदा ताबेदारी हाेइन भूमिकाे दाबेदारी गर्नुस्

प्रचण्डलाई ओलीको सुझाव-भारत जाँदा ताबेदारी हाेइन भूमिकाे दाबेदारी गर्नुस्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिनुभएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको हो । उहाँले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘विदेश भ्रमणमा जाँदै हुनुहुन्छ, त्यहाँ बोल्न सक्ने त उहाँको खुबी नै छैन । आफ्नो जमिनको दाबेदारीको कुरा गर्न जाँदै हुनुहुन्छ कि अरु नै कुरा ? प्रश्न दाबेदारी कि ताबेदारीको भन्ने हो ।’

 ‘सरकारले कमसेकम जमिनको बारेमा, हाम्रो भौगोलिक अखण्डताको बारेमा बोल्नुपर्छ । प्रधानमन्त्रीले बोल्नुस् हाम्रो भूमि के भइरहेको छ । कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस्’,उहाँले थप्नुभयो । 

नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेकोमा उहाँले चिन्ता व्यत्त समेत गर्नुभयो । 

nepalone