साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो

कठमाडौं – चालु सातामा सेयर बजार तीनदिन बढ्दा दुईदिन ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो । सोमबार बढेको सेयर बजार निरन्तर तीनदिन बुधबारसम्म बढिरह्यो । 

यसैगरी साताको तेस्रो दिन मंगलबार १२.१० अंकले बढेको सेयर बजार सोमबारको तुलनामा करिब ६ अंकले कम हो । 

बुधबार भने नेप्से झिनो अंकले बढेको थियो । उक्त दिन एक अंकले बढेर १९१९ को विन्दुमा आएर रोकिएको थियो । सोही दिन कारोबार रकम भने घटेको थियो ।  

गत आइतबार १ अर्ब २८ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार बुधबार भने कारोबार रकम घटेर ८१ करोड रुपैयाँले झरेको थियो 
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तीनदिनदेखि बढेको सेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ । 

बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ ।

आइतबार नेप्से परिसूचकको विन्दु १८८८.१७ बाट सुरु भएर अन्तिम कारोबार दिन बिहीबार १९०८.५५ विन्दुमा उक्लिएको छ । 

nepalone