मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए ।

उक्त अवसरमा काठमाडौंमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत छनले ट्विटरमा उल्लेख गरेका छन् ।

nepalone