सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया, १६ चैत – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । राजापुरतर्फ गइरहेको बस र गुलरियातर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ । 

भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो । प्रहरीले बस चालक तेजमान थारु र बसलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

nepal one