रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदारको नाम, बारामा रमेश खरेल, चितवनमा रवि

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदारको नाम, बारामा रमेश खरेल, चितवनमा रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । बिहीबार राती रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो ।

उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन्। त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।

बारा २ मा युवराज पनि आकांक्षी देखिए पनि उनलाई व्याक गराएर खरेललाई नै उठाउने स्रोतको भनाई छ ।

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ । 

nepal one