यो देश हाम्रो पुस्ताले हाँक्ने छ, संसद छिर्ने सपना छ – रवि लामिछाने

यो देश हाम्रो पुस्ताले हाँक्ने छ, संसद छिर्ने सपना छ – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो संसद छिर्ने सपना रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फ लामिछानेले यस्तो बताएका हुन् । उनले गोडामा काँडा बिझेकोले निहुरिएको तर कसै सामुख नझुकेको बताएका छन् ।

उनले अब स्वर्णिम दिनहरु आउने र देश आफूहरुकै पुस्ताले हाँक्ने पनि बताएका छन् । उनले लेखेका छन् – ‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’

nepal one