दुर्गा प्रसाईले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई सम्मान

दुर्गा प्रसाईले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई सम्मान

काठमाडौं / व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाई खादा र माला लगाएर सम्मान गर्नुभएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दै प्रसाईले तीन युवाहरुलाई सम्मान गर्नुभएको हो ।

प्रसाईबाट सम्मानित भएकाहरूमा सोम शर्मा, विप्लव खड्का र उद्धव बस्नेत रहनुभएको छ । उहाँले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममै प्रसाईले युवाहरूलाई सहयोग रकम प्रदान समेत गर्नुभएको थियो ।

nepalone