काठमाडौं – नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने बताएका छन् । शुक्रबार लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २७ मा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीमा “अर्थ मन्त्रालयले नेपाल सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनका लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको समन्वयमा आवधिक नगद योजना (पिरियोडिक क्यास प्लान) तर्जुमा गर्नुपर्नेछ”, भनेर उल्लेख गरिएको छ ।