बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव बिजयी
बारा – बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।
सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ८२९ मत ल्याएका छन् ।