प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बजेटबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बजेटबारे छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सदन सञ्चालनलाई प्रभावकारी बनाउने, संसदमा विचाराधिन विधेयकलाई टुङ्गोमा पु¥याउन लगायतको विषयमा छलफल भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आजबाट समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको र संसदमा विचाराधिन विधेयकहरू टुङ्गो लगाउन अब सहज हुने अपेक्षा व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग भइरहेको समन्वय र सहकार्य सराहनीय रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी समेत सभामुख घिमिरेलाई गराउनु भयो ।

सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभयो ।

सभामुख घिमिरेले आजबाट संसदीय समितिको बैठकहरू उत्साहपूर्ण रुपमा सुरु भएको भन्दै संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताउनु भयो ।

सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसदहरूको गुनासो रहेको भन्दै सभामुख घिमिरेले प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको समेत भेटका क्रममा बताउनु भयो ।

nepalone