शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको छ ।

बुधबार सिंहदरबारमा नक्कली शरणार्थी प्रकरणको सत्य तथ्य छानबिनको माग नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापन पत्र बुझ्दै श्रेष्ठले राज्यकै तहमा बसेका नेताहरू र तलसम्म बसेकाहरूको सेटिङमा भएको सङ्गठित अपराधलाई कुनै हालतमा छुट दिन नसकिने स्पष्ट पार्नुभएको हो ।

उहाँले कुनै पनि प्रकरणलाई बिना पूर्वाग्रह निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको जिकिर गर्नुभयो । श्रेष्ठले शरणार्थी प्रकरणमा सबैतर्फबाट पाएको साथले सरकारलाई बल प्रदान गरेको भन्दै कुनै पनि दबाब वा अवान्छीत प्रभावबाट सरकार प्रभावित हुने र यसलाई निष्कर्षमा पुराउन सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

उहाँले भ्रष्टाचारको नियन्त्रण गरी सुशासनको बाटोमा जान नसके मुलुक समृद्धिको बाटोतर्फ जान नसक्ने जिकिर गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा लगायतका सबै भ्रष्टाचारहरूमा संलग्नलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

nepalone