दाङमा बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख गौतम पक्राउ

दाङमा बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख गौतम पक्राउ

काठमाडौँ – दाङमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

दाङको देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा पक्राउ परेका हुन् । आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गौतमलाई लमही नगरपालिका – ५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको हो । पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nepalone