राजनीतिमा अराजकता बढ्न थाल्यो : अध्यक्ष ओली

राजनीतिमा अराजकता बढ्न थाल्यो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अराजकता बढेको गुनासो गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । उहाँले राजनीतिमा अराजकताका कारण राजनीतिमा अस्थिरता, अन्योल र अविश्वास बढेको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘अराजकताको कारणले मान्छेले राजनीति भन्न छाडेको छ । आफ्ना विचारलाई लोकतान्त्रिक विधिबाट प्रकट गर्ने र लोकतान्त्रिक विधिबाट समाधान खोज्ने होइन, मुडे बलले समाधान खोज्ने, ढुंगा हानेर, अशान्ति मच्याएर आतंकपूर्ण तरिकाबाट आफ्नो असहमति जनाउने शैली अपनाउन थालेका छन् । अन्यन्त अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक, समाजले स्वीकार्नै नसक्ने खालको घटिया भाषाको प्रयोग गर्न थालिएको छ ।’

दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।

nepalone